

आजकै दिन : एलिजाबेथको गद्दी आरोहण


काठमाडौँ — सन् १९५२ मा आजकै दिन (फेब्रुअरी ६) मा एलिजाबेथ द्वितीय बेलायतको महारानी बनेकी थिइन् । लामो समयदेखि बिरामी रहेका बेलायतका राजा जर्ज छैटौंको निधन भएपछि एलिजाबेथ महारानी घोषित भएकी हुन् । सन् १९२६ को अप्रिल २१ जन्मिएकी एलिजाबेथले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् ।
१९५२ मा पिता जर्ज छैटौंको निधनपछि एलिजाबेथले राजगद्दी सम्हालेकी थिइन् । सात दशकसम्म एकछत्र गद्दीमा रहेकी उनी बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्रप्रमुख थिइन् ।
![]()
एलिजाबेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका थिए । त्यसका साथै, उनलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रूपमा लिने गरिन्छ ।
एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा रहे पनि राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्यागेपछि उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो । २०२२ को सेप्टेम्बर ८ मा एलिजाबेथको मृत्यु भएपछि उनका जेठा छोरा चार्ल्स तृतीय बेलायतको राजा बनेका हुन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया