

नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पौडेललाई



नवराज बेल्वासे
नेपाल विद्यार्थी संघ कपिलवस्तुको कार्यवाहक जिम्मेवारी माधव पौडेलले पाएका छन् । पौडेल वाणगंगा बहुमुखी क्याम्पस लौगाईका स्वभियु सभापति समेत हुन् । पौडेललाई नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संसोधन २०७९ बमोजिम पौडेललाई उक्त जिम्मेवारी दिइएको बताइएको छ ।
पौडेल लामो समय देखि विद्यार्थी राजनितिका सक्रिय रहेका एक सामाजिक तथा बौद्धिक व्यक्तिका रुपमा परिचित छन् ।
जिल्ला अध्यक्ष राकेश पाण्डेले नेपाल विद्यार्थी संघ कपिलवस्तुलाई थप गतिशिल, गौरवमय बनाउने विश्वास व्यक्त गर्दै पौडेललाई जिम्मेवारी प्रदान गरेका हुन् ।








प्रतिक्रिया