

डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा, फेसबुक र इन्स्टाग्राम चलाउन पाउने



एजेन्सी
फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउनुहुने भएको छ । मेटाका अनुसार दुई वर्ष अगाडि गरिएको निलम्बन आउँदो हप्ता समाप्त हुनेछ ।
मेटाका उच्च अधिकारी निक क्लेगले नागरिकले उनीहरुका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने जान्न पाउनुपर्ने बताउनुभएको छ । सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।
ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएको क्लेगलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर ट्रम्पले विगतमा गरेका गल्ती पुनः गरेमा थप कारबाही हुनसक्ने जनाएको छ ।
नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को जनवरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो । तर गएकाे नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएको बताउनुभएको थियो । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्किनुभएको छैन ।


खबर सबै
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई







प्रतिक्रिया