

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिबाना

एजेन्सी
बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिबाना गरिएको छ ।
सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत माग्नुभएको छ । उहाँले जरिबाना तिर्ने बताउनुभएको खबरमा उल्लेख छ । सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिबाना तिराउने गरिन्छ । यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ ।
सुनकले सरकारमा रहँदा निश्चित जरिबानाको सूचना पाएको यो दोस्रो पटक हो । यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उहाँलाई जरिबाना गरिएको थियो ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया