

बाणगंगाको भलवाडमा घरको ताला तोडेर नगद र गहना चोरी


कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा गयरति एक घरमा चोरी भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थिति भर्तापुरमा साबित्रा पाण्डेको घरमा चोरी भएको हो ।
घरमा कोही पनि नभएको मौका पारी चोरी भएको पारिवारिक स्रोतले बताएको छ । परिवारका सदस्य कोही पनि घरमा नभएको बेला गय राति घरको मुल ढोकामा लगाइएको ताल तोडेर चोरी भएको हो । घरबाट नगद करिब ८० हजार रुपैँया पैसा र केही सुनका गरगहना चोरी भएको छ ।
आज बिहान घटना थाहा पाए लगत्तै वडा अध्यक्ष कमल पौडेल सहित स्थानीय पुगेका थिए । घरको ढोकामा लगाइएको ताला तोडिएको अवस्थामा थियो भने घरभित्रका दराज तोडिएको अवस्थामा रहेका थिए ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प्रहरी निरिक्षक दिपक बाबु के.सीका अनुसार चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया