

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक



एजेन्सी
साउदी अरेबियाको फुटबल क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा गएराति एक कार्यक्रमकाबीच अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।
रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा पुगेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् । रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो सन् २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् ।
३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै केहि दिन अघि अल नसर पुगेका हुन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो ।
पाँच पटकको बालेन डीओर विजेता रोनाल्डोले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस्तै रियल मड्रिड र युभेन्ट्सबाट पनि खेलेका थिए । म्यानचेस्टर युनाइटेड छाडेपछि राेनाल्डाे क्लबविहीन थिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया