

गुल्मीमा सुन्तला महोत्सव, ५ मिनेटमा १ किलो बढी सुन्तला खाएर खनाल भए प्रथम


गुल्मी । गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।
सुन्तला खानेमा ६ जना सहभागी भएका थिए । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भए । उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएका थिए । उनले एक हजार नगद पुरस्कार पाएका छन् ।
त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक किलोग्राम तीन सय ४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले नौ सय ६० ग्राम र रिजन पन्थले चार सय ८५ ग्राम सुन्तला खाएका थिए । सुन्तला बोकेर दोडने प्रतियोगितामा नौ जना सहभागी भएका थिए । डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौड्दा भीमकला भुसाल र आशा अर्याल प्रथम भए ।
राधा पन्त र वर्षा पन्त साथै तेस्रो लक्ष्मी अर्याल र सावित्रा पन्थ दोस्रो भए । सुन्तला किसानलाई खेतीमा प्रोत्साहित, बजारीकरणको ‘ग्यारेन्टी’, स्थान विशेष पहिचानको कायम र कृषि पर्यटनलाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको आयोजक अनमोल किसान समूहका अध्यक्ष विष्णुप्रसाद पन्थले जानकारी दिए ।
सुन्तला खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ । भरपर्दो निकास भन्ने नाराका साथ सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो ।
छत्रकोटमा ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । उनले सुन्तला महोत्सवबाट स्थान विशेष पहिचानसहित बजारीकरणमा सहयोग पुग्ने पनि बताए ।
विसं २०६० देखि सुन्तला किसानलाई आबद्ध गराएर अनमोल कृषि समूहले काम गरिरहेको छ । सुन्तला महोत्सवमा स्थानीय लाखे नाँच र पञ्चेबाजा लगायतको प्रतियोगिता राखिएको थियो ।
गुल्मीमा सुन्तला जोनमा दुई सय ६ वटा समूह सहकारी आबद्ध भई काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सुन्तला जोनका कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिइन् ।
सुन्तला जोनले जिल्लामा प्राविधिक सहयोग, साना सिँचाइ, बगैँचा व्यवस्थापन र तालिमसमेत सञ्चालन गर्दै आएको छ । जिल्लामा सुन्तला जोन अन्तर्गत एक हजार एक सय पाँच हेक्टरमा सुन्तला लगाइएको छ । सोमध्ये चार सय १७ हेक्टरमा उत्पादन भइरहेको छ ।
गुल्मीमा कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । जिल्लामा यसवर्ष कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख रुपिया आम्दानी हुनेछ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया