

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, कोरिया प्रायद्वीपमा तनाव बढ्दै


उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि फेरि दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
जापानको रक्षा मन्त्रालयले ती क्षेप्यास्त्र झन्डै पाँच सय किलोमिटरको उचाइमा पुगेकाे बताएको छ । जापानका वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले लगातारको क्षेप्यास्त्र परीक्षणले जापानसहित कोरिया प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति–सुरक्षालाई खतरामा पार्ने भएकोले यो अस्वीकार्य भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
उत्तर कोरियाले गएको महिना पनि अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणसहित अरू हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव बढेको छ ।
उत्तर कोरियाका नेता किम जोन उनले उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको शस्त्रागार अर्थात् हतियार राख्ने ठाउँ निर्माण गरेको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया