

बिग बोसपछि डिप्रेसनमा हिमांशी



मुम्बई
पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन् । उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् ।
हिमांशी पञ्जाब फिल्म उद्योगकी सुन्दर अभिनेत्री हुन् । पञ्जाबी फिल्ममा नाम कमाएपछि उनी सन् २०१३ मा ‘बिग बोस १३’ को हिस्सा बनेकी थिइन् । शोमा आसिम रियाज उनको मिल्ने साथी बनेका थिए र उनीहरू चाँडै नै प्रेममा परे ।
‘बिग बोस’ हाउसबाट बाहिर आएपछि आसिम र हिमांशीले कैयौं भिडियोमा सहकार्य गरिसकेका छन् । उनले हालैमात्र एक पञ्जाबी टक शोमा डिप्रेसनका विषयमा कुराकानी गर्दा आफू डिप्रेसनमा खुलासा गरेकी थिइन् ।
‘जब म बिग बोस १३ मा गएँ, त्यो बेला सबैले सोचेका थिए कि अब जिन्दगी बदलिनेछ । तर वास्तविकतामा त्यो थिएन । मैले त्यहाँ यति नकारात्मक कुरा झेलें कि मलाई यसबाट बाहिर निस्कन दुई वर्ष समय लाग्यो । म बिग बोस १३ पछि गम्भीर डिप्रेसनमा गएँ । यसको असर मेरो मुटुमा पर्यो । इभेन्ट र सुटिङमा जानु अघि मलाई पेनिक अट्याक हुन्थ्यो । अफसाना खानको विवाहको समयमा नाँचिरहँदा मलाई मुटुको समस्या देखियो । यसपछि म अस्पताल भर्ना भएँ’, उनले भनेकी छन् ।


खबर सबै
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई







प्रतिक्रिया