

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा प्रधानमन्त्रीको धन्यवाद

काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा आयोगलाई विशेष धन्यवाद दिनुभएको हो । उहाँले मतदान सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिनुभएको छ ।
“निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु”, प्रधानमन्त्रीले ट्वीटमा लेख्नुभएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया