

कतै आजैदेखि र केही ठाउँमा भाेलिदेखि मतगणना

काठमाण्डाै
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत आज आइतवार मतदान सम्पन्न भएको छ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो । केही ठाउँमा भने विवादका कारण रोकिएको मतदान फेरि सुरु गर्दा बेलुका ७ बजेसम्म पनि मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
देशभर १० हजार आठ सय ९२ वटा मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र तोकिएको थियो । यो चुनावमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता थिए । चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित दुई लाख ४६ हजार नाै सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झन्डै तीन लाख सुरक्षाकर्मी खटिएका थिए ।
गुल्मी, दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका केही मतदान केन्द्रको मतदान भने रोकिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयको मतदान स्थगित भएको छ । छलफलपछि मतदानको मिति तोकिने निर्वाचन अधिकृतले बताएका छन् ।
अहिले देशका धेरैजसो ठाउँमा मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सडक सञ्जाल पुगेका सबैजसो केन्द्रबाट गाडीमार्फत मतपेटिकालाई मतगणना हुने ठाउँसम्म पुर्याउने काम भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा लगायतका केही जिल्लाका विकट ठाउँमा हेलिकप्टरसमेत परिचालन गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । सहरी र सुगम जिल्लाको मतगणना भने आजै राति अबेरदेखि भए पनि सुरु गरिने आयोगले जनाएको छ ।
मतगणनास्थलमा मतपेटिका ल्याएपछि रुजु गर्ने र सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यही मङ्सिर ८ गतेसम्म प्रत्यक्षतर्फको सबै परिणाम सार्वजनिक गरिसक्ने दाबी गर्नुभएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया