

जेष्ठ नागरिक दिवसकाे अवसरमा जेष्ठ नागरिकलाई सम्मान – फोटो सहित

आज ई.स. अक्टोबर १ अर्थात् जेष्ठ नागरिक दिवस । आजको दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरेर जेष्ठ नागरिकहरुलाई सम्मान र अन्य विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।
आज बाणगंगाकाे वार्ड नं ९, भलवाडमा पनि यो दिवस मनाइयो । भलवाडमा बसोबास गर्ने गर्ने जेष्ठ नागरिकहरुलाई पनि जेष्ठ नागरिक समाज नेपाल, भलवाडले सम्मान गरेको छ ।
उक्त कार्यक्रम जेष्ठ नागरिक समाज, भलवाडका अध्यक्ष छविलाल खनालको अध्यक्षता, बाणगंगा न. पा. ९ का अध्यक्ष कमल पौडेलकाे प्रमुख आतिथ्यता, ध्रुव बेल्बासे, ठाकुर प्रसाद खनाल, दुर्गा प्रसाद पौडेलको बिशिस्ट आतिथ्यता रहेको थियो ।
आजको कार्यक्रम विशेष जेष्ठ नागरिक सम्मान, भेटघाट र आउँदै गरेको विजया दशमीकाे शुभकामना आदान प्रदान आदि रहेको थियो ।
कार्यक्रम जेष्ठ नागरिक समाज नेपाल, भलवाडकाे आफ्नै भवनमा सम्पन्न भएको थियो । उक्त भवन पूर्व वडा अध्यक्ष ध्रुव बेल्बासे, बाणगंगा नगरपालिका आदिको सहयोगमा बनेको थियो ।
तस्बिरहरु –










खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया