

गुल्मीका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता



गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अपाङ्गता रहेकी विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता दिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहितको टोलीले कुँवरको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा कुँवर सामाजिक सुरक्षासहित राज्यबाट प्राप्त हुने अन्य सेवा(सुविधाबाट बञ्चित हुनुपरेको थियो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।
आठ वर्ष अघि माइतीमा आएको बेला घर पोत्ने क्रममा लडेर मेरुदण्ड भाँचिएपछि कुँवर पूर्ण रुपमा अपाङ्ग हुनु भएको थियो । श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि कुँवर माइतीमै बसेर अधिकारका लागि न्याय माग्न अदालतसम्म पुग्नुपरेको थियो । उहाँका एक छोरा छन् । अदालतले अर्जुन कुँवर र विष्णुलाई गएको वर्ष श्रीमान्–श्रीमतीको रुपमा नाता कायम गरिदिएको थियो । नागरिकता पाएपछि आफूले ठूलो राहत महसुस गरेको कुँवरको प्रतिक्रिया छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया