

विश्वमा प्रत्येक चार सेकेन्डमा हुन्छ भोकका कारण एकजनाको मृत्यु



काठमाडौं । विश्वभरि प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको २०० वटा गैरसरकारी संस्थाहरूले मंगलवार चेतावनी दिएका छन् ।
बढिरहेको विश्वव्यापी भोकमरी संकट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चालिनुपर्ने उनीहरूको भनाइ छ ।
संयुक्त राष्ट्रसंघको साधारणसभामा सहभागी हुनका लागि न्युयोर्क पुग्न थालेका विश्व नेताहरूलाई ७५ देशका २३८ संस्थाहरूले खुलापत्र लेखेका छन् । अक्सफ्याम, सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनल लगायतका संस्थाले भोकमरी बढिरहेको विषयमा चिन्ता व्यक्त गरेका हुन् ।
‘अहिले साढे ३४ करोड मानिस चरम भोकमरीको समस्यामा छन् अनि सन् २०१९ पछि यो संख्या दोब्बर बढेको छ,’ उनीहरूले विज्ञप्ति जारी गरेर बताए । एजेन्सी


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया