

सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान



दसैं पर्वभन्दा केहीदिन अघि सुरु भएर सो पर्व सकिएको केही दिन पछिसम्म नाचिने थारु सखिया नाचको रमझमले अहिले बाँकेका थारु गाउबस्ती गुञ्जयमान भएको छ ।
जिल्लाको थारु समुदायको बसोबास रहेका अधिकांश गाउँबस्तीमा अहिले हरेक दिन बेलुका सखिया नाचमा युवायुवती झुम्मिने गरेका छन् । बाँके कोहलपुर मैटहवाका थारु अगुवा दिपेन्द्र चौधरीले अहिले थारु गाउँबस्तीमा दिनदिनै साँझ सखिया नाच नाचिन थालेकोले यसले चाडपर्वको रमझम बढाएको बताउनुभयो ।
उहाँका अनुसार थारू गाउँमा दिनभरिको काम भ्याइसकेपछि साँझपख सखिया नाच नाचिने गरिन्छ । सो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी संरक्षक हुन्छन् ।
यस्तै, राप्तीसोनारी, बैजापुरका अगुवा बिक्रम थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार—पाँचजना मादल बजाउने युवा हुन्छन् ।
१५–२० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया, रातो रङको रिबन लगाउने गर्छन् ।
सखिया नाचमा विशेषतः थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्राथना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके टिटिहिरियाका शंकरसिंह थारुले बताउनुभयो ।
थारु पहिरनमा सजिएर नाच्ने गरेका युुवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, अैरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौती जस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गरेको थारु अगुवाहरुको भनाइ छ ।
गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखीया रहेको हो । सखिया नाचले थारु गाउँको एकताको भावना प्रकट हुने गरेको अगुवाहरुको भनाइ छ । यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर माछा, मासु र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया