
बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाँके । बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा आएर बाघले मानिसमाथि आक्रमण गर्ने क्रम छोडेको छैन । बर्दियामा बाघको आक्रमणबाट स्थानीय झुठारु थारुको मृत्यु भएको छ ।
भैँसी चराउन जङ्गल गएकाबेला बर्दिया मधुवन नगरपालिका –२ अमरपुरका ६१ वर्षीय थारुको बाघको आक्रमणले उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
भैँसी चराउन गएका थारु आइतबार रातिसम्म घर नफर्केपछि उहाँका आफन्तले वन कार्यालय र प्रहरी कार्यालय लगायतका ठाउँमा जानकारी गराएका थिए । खोजतलास सुरु गर्दा थारुको औराहीको जङ्गलमा घुँडामुनिका दुवै खुट्टा र शरीरका अन्य केही भाग बाघले खाएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदय सापकोटाले बताउनुभयो ।
थारुको शव भेटिएको ठाउँमा उहाँले प्रयोग गरेको छाता, चप्पल फेला परेको प्रहरीको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले घाँस दाउराका लागि एक्लाएक्लै वनमा नजान सर्वसाधारणलाई जानकारी गराउँदैआएको छ । सो सूचनाबारे स्थानीयले अटेर गरेका कारण बाघको आक्रमणमा पर्नेगरेको डिभिजन वन कार्यालयले जनाएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया