

आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुधार्न सकिन्छ : नेपाल उद्योग व्यापार महांसघका केन्द्रिय अध्यक्ष पाठक ।।

भगवती न्यौपाने,
अर्थतन्त्रलाई जोगाउन राष्ट्रिय उत्पादनलाई जोड दिनु पर्ने नेपाल उद्योग व्यापार महांसघका केन्द्रिय अध्यक्ष श्याम पाठकले बताउनु भएको छ । शनिवार उद्योग व्यापार संघ कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ चारनम्बरमा कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । राष्ट्यि अर्थतन्त्र जोगाउन नसकेमा आउने दिनमा भविष्य खतरामुखि हुने तर्क गर्नु भयो । देशको विकास कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।
प्राकृतिक स्रोत साधन र श्रममा आधारित उद्योगहरु निमार्ण गर्नु पर्ने उहाले बताउनु भयो । आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताउदै उत्पादनसँग जोडिदै आत्मनिर्भर बन्न सक्नु पर्ने केन्द्रिय अध्यक्ष पाठकले धारणा राख्नु भयो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पार्टीका पोलीट ब्युुरो सदस्य एवम फ्याक्सन इन्चार्ज गंगा कार्कीले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादन मार्फत आयात प्रतिस्थापन गर्न सकिने बताउनु भयो । उपलब्ध श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने उहाको भनाई थियो ।
राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण भन्ने नारा रहेको छ । उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलले कृषिमा जोड्न सके मात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए । उत्पादन वृद्धि गर्दै आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनका आधारमा अर्थतन्त्र सुधार गर्न सके देश बलियो हुने बताउनु भयो ।
कार्यालय उद्घाटन सँगै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलको अध्यक्षतामा १७ सदस्य बनाएको छ । बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल कोपिल, उद्योग उपाध्यक्ष यम बहादुर के.सी., वाणिज्य उपाध्यक्ष थकाली मिया, महासचिव नेत्र पाण्डे, कोषक्ष्यक्ष सालिकराम आचार्य, सचिव हेमनाथ पौडेल, सदस्यहरुमा गंगा कुमारी खत्री, गितादेवि पौडेल, नमुना पौडेल, नारायण अर्याल, कृष्ण बहादुर कलवार, बेदराज नेपाली, बासुदेव खनाल, गणेश अधिकारी, सुक्मदिन मियां, शंकर भाट क्षेत्री रहनु भएको छ यता ११ जना सल्लाहकार मध्ये प्रेस सल्लाहकारमा कपिलवस्तु पत्रकार महांसघ कपिलवस्तुका पुर्व अध्यक्ष डिला भुषाल रहनु भएको छ ।
बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल कोपिलको सञ्चालनमा भएको कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रिय बरिष्ठ उपाध्यक्ष खिमलाल भण्डारी, उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, महासचिव श्री बल्लम नेपाल , कोषाध्यक्ष खेमराज पराजुली, सचिव गिता पनेरु पौडेल, नेपाल कम्यिुनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला कार्यलय सचिव लगायतको उपस्थिति रहेको थियो । उद्योग व्यापार संघ कपिलवस्तुले व्यवसाियहरुको हक हितको लागि सधै काम गर्ने बताएको छ ।
यता नेपाल उद्योग व्यापार महांसघ लुम्बिनी प्रदेशको प्रथम विस्तारित बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । बैठकमा ५ प्रस्तावहरु नेपाल उद्योग ब्यापाार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष खेम नारायण पराजुलीले प्रस्तुत गर्नुभएको छ । सबै जिल्लाको रिपोर्टङि गर्ने ,केन्द्रको सकुर्लर कार्यान्वयन गर्ने ,कार्यससमिति बिस्तार ,प्रदेशको बिद्यान शंसोधन लगाएतका रहेका छन ।
उक्त बैठकमा खिमानन्द पौडेल कपिलले जिल्लाको संक्षिप्त परिचय सहित महासंघको बर्तमानको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल उद्योग ब्यापाार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष खेमनारायण पराजुलीको अध्यक्षता ,प्रदेश बरिष्ट उपाध्यक्ष खेम श्रीसको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन प्रदेश महासचिब तारा रोकाले गर्नुभएका थियो । अबको महासंघको बैठक बर्दियामा गर्ने निर्णय गरेको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया