कपिलवस्तुमा भव्य रुपमा सम्पन्न भयो दोस्रो लुम्बिनी गजल महफिल

राधा पाण्डे, कपिलवस्तु । दोस्रो लुम्बिनी गजल महफिल कार्यक्रम एक कार्यक्रमका बीच कपिलवस्तुमा भव्य रुपमा सम्पन्न भएको छ । साहित्यको सम्मान कलाको पहिचान, सप्तरङ्गी साहित्य समाज लुम्बिनीको अभियान भन्ने मूल नारालाइ आत्मसात गर्दै अगाडी बढेको सप्तरङ्गी साहित्य समाज लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रम कपिलवस्तुको बाणगङगा नगरपालिकाको पिस हिमालयन रिसोर्टमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार बुद्ध रानाले बहरमा गजल गाएर कार्यक्रमलाई भब्य बनाउनु भएको थियो ।
साहित्यकार रामप्रसाद ज्ञवालीले गजल विधालाइ अब बहरमा लेख्न प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । साहित्य तोडिएका मन जोड्ने बिधा भएकोले श्रष्टाहरुलाइ मन छुने तरिकाले गजल रचना गर्न सुझाव दिनुभयो ।
साहित्यकार पशुपतिमणि त्रिपाठीले गजलको माध्यमद्वारा प्रस्तुत गरेका भावले समाज, देशलाइ नै परिवर्तन गर्न सक्ने कुरा ब्यक्त गर्नुभयो ।

कार्यक्रमका भब्य आकर्षक दाङ्का गजलकार वसन्त वलि (वसन्ती )ले जन्मदिने आमाको महिमा, देशको उन्नतिमा लागेका नेता र माया प्रेमका गजलहरु वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रमका अर्का आकर्षक दोलखाकी गजलकार शुसिला श्रेष्ठले जिवनका भोगाइलाइ आफै भोग्नुपर्ने र नारिका पीडालाई प्रस्तुत गर्नुभएको थियो ।

यस्तै कपिलवस्तुका गजलकार प्रकाश पाठकले गजलबाट छाउपडी प्रथा र नारिलाइ हुने पीडा अरुले बुझ्न नसक्ने र भगवान नभएको कुरालाई प्रस्तुत गरेका थिए । प्युठानकी गजलकार लालिमाया थापाले गजलमार्फत देशको पिडा र नेपाली युवाले बिदेशमा भोग्नुपरेको पीडालाई प्रस्तुत गर्नुभएको थियो । नवलपरासीका गजलकार तिलक भट्टराई (अन्जान) ले प्रेमिल तथा शृङ्गारिक गजल बाचन गरेर कार्यक्रमलाई भब्य बनाउनुभएको थियो ।

कार्यक्रममा उपस्थित २ दर्जन बढी श्रष्टाहरुले गजलहरु बाचन गरेका थिए । नेपाली साहित्यलाई जगेर्ना गर्दै गजल साहित्यमा प्रेरित गर्न र गजल साहित्यमा अग्रसर हुँदै अगाडी बढेका गजलकारहरुका बिशेष गजल वाचन गरि कार्यक्रम सप्पन्न भएको थियो ।

बिजय खड्काको अध्यक्षता रहेको कार्यक्रम कृष्ण बुढाको स्वागत मन्तब्य र कोपिला गिरिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै