

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते


प्यूठान । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् ।
आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा ९ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले बताए । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।
घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे थप बिबिरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया