

रोनाल्डोलाई छाड्न युनाइटेडको नयाँ शर्त

काठमाडौं
म्यानचेष्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक भएको छ । जसअनुसार युनाइटेड आफ्नो सुपर स्टारलाई क्लब छाड्न अनुमति दिन सक्छ तर त्यसका लागि शर्त पूरा गर्नुपर्नेछ ।
पोर्चुगलका रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिनका लागि शर्त राखेको छ । युनाइटेडसँगको सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ । मिररका अनुसार युनाइटेडको रोनाल्डोको सम्झौता २०२४ सम्मका लागि नवीकरण गर्न चाहन्छ ।
त्यसका बावजुत पनि रोनाल्डो ओल्ड ट्राफोर्ड छाड्न चाहन्छन् । रोनाल्डोले क्लब छाड्न खोज्नुको कारण भने उनको च्याम्पियन्स लिग खेल्ने चाहना नै हो । जुन युनाइटेडमा रहे यस सिजन पूरा हुँदैन ।
युनाइटेडले रोनाल्डोको इच्छालाई पूरा गर्न अनुमति दिन सक्छ तर त्यसको बदला रोनाल्डोले अहिलेको सम्झौतामा नवीकरण गर्नुपर्छ । उनको वर्तमान सम्झौता २०२३ जुनमा सकिनेछ । युनाइटेडको चाहना पनि भविष्यमा फेरि रोनाल्डोले आफ्नै क्लबबाट च्याम्पियन्स लिग खेलोस् भन्ने नै छ ।
नयाँ प्रशिक्षक एरिक टेन हागले क्लबलाई प्रिमियर लिगको शीर्ष चारमा पुर्याउन सके रोनाल्डोले त्यो अवसर पक्कै पाउनेछन् । युनाइटेडको नयाँ प्रस्तावबारे रोनाल्डोको एजेन्ट जोर्ग मेन्डेससँग छलफल भएको दी सनले उल्लेख गरेको छ ।
तर रोनाल्डो र उनका एजेन्ट भने यसबाट आश्चर्यमा परेका छन् । तर रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका छैनन् । म्यानचेष्टर युनाइटेड रोनाल्डोको क्लब छाड्न चाहनेले निराश बनेको छ ।
रोनाल्डोको सम्झौता नवीकरण गर्न सकेन युनाइटेडलाई स्पोनसरबाट पनि फाइदा पुग्नेछ । हाल युनाइटेड प्रि सिजन टुरमा रहँदा रोनाल्डो टिममा छैनन् । पछिल्लो समय स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने हल्ला पनि चलिरहेको छ । पारिवारिक कारण देखाउँदै रोनाल्डो क्लबसँग थाइल्याण्ड र अष्ट्रेलिया टुरमा गएनन् ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया