

आयरल्यान्डसँगको टी–२० श्रृङ्खला भारतलाई : दोस्रो खेलमा आयरल्यान्ड ४ रनले पराजित

काठमाण्डाै
भारतले दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ । योसँगै भारतले आयरल्यान्डसँगको श्रृङ्खला जितेको छ ।
जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।
आयरल्यान्डका कप्तान एन्ड्री बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ रन तथा मार्क आदिर २३ रनमा अविजित रहे ।
भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो ।
भारतका दीपक हुडाले १ सय ४ रनको शतकीय पारी खेले । टी–२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन् । सञ्जु स्यामसन ७७ रन आउट भए । आयरल्यान्डका मार्क आदिरले ३, जोश लिटिल र क्रेग याङ्गले समान २/२ विकेट लिए । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया