

आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप



आयरल्यान्डले रोमाञ्चक प्रतिस्पर्धामा भारतकिरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती समपन्न सिरिजको दोस्रो टी- २० खेलमा आयरल्याण्डले भारतलाई १ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।
आयरल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो । टी- २० विश्व विजेता भारतविरुद्ध आयरल्यान्डले पहिलो पटक कुनै पनि द्विपक्षीय सिरिज जित्न सफल भएको हो।
पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो र १ रनको झिनो अन्तरले हार बेहोर्न पुग्यो ।
श्रेयस अय्यरको कप्तानीमा भारतको यो पहिलो सिरिज थियो । तर टोलीले दुवै खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा निराशाजनक नतिजा व्यहोर्नुपर्यो । विशेषगरी लगातार दोस्रो खेलमा भारतीय ब्याटिङ पूर्ण रूपमा असफल देखियो ।
यस हारसँगै भारतको टी- २० क्रिकेटमा लामो समयदेखि कायम रहेको अपराजित यात्रा पनि अन्त्य भएको छ । भारतले सन् २०२३ अगस्ट १८ देखि सन् २०२६ जनवरी ३१ सम्म कम्तीमा दुई खेलको कुनै पनि द्विपक्षीय टी- २० सिरिज गुमाएको थिएन ।
आयरल्यान्डले विश्व विजेता भारतको लगातारको विजयी लय तोड्नुका साथै भारतको लगातार १६ द्विपक्षीय टी- २० शृङ्खला जित्ने ऐतिहासिक सिलसिलासमेत अन्त्य गरिदिएको छ ।


खबर सबै
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया