

आयरल्यान्डसँगको टी–२० श्रृङ्खला भारतलाई : दोस्रो खेलमा आयरल्यान्ड ४ रनले पराजित



काठमाण्डाै
भारतले दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ । योसँगै भारतले आयरल्यान्डसँगको श्रृङ्खला जितेको छ ।
जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।
आयरल्यान्डका कप्तान एन्ड्री बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ रन तथा मार्क आदिर २३ रनमा अविजित रहे ।
भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो ।
भारतका दीपक हुडाले १ सय ४ रनको शतकीय पारी खेले । टी–२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन् । सञ्जु स्यामसन ७७ रन आउट भए । आयरल्यान्डका मार्क आदिरले ३, जोश लिटिल र क्रेग याङ्गले समान २/२ विकेट लिए । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया