

ओली-प्रचण्ड र नेपालमा एउटै भिन्नता छ, गालीगलौज : घनश्याम भुसाल



काठमाडौं
नेकपा एमालेको अनुशासन आयोगको कारबाहीमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालमा कुनै भिन्नता नदेखेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो कार्यक्रम’ लाई सम्बोधन गर्दै भुसालले विचारमा एकै भए पनि गालीगलौजमा उत्रिनुमा फरक देखेको भुसालले स्पष्ट पारे ।
उनले भने, ‘मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु, पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । विचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस् । सिद्धान्तमा के भिन्नता, संगठनात्मक के भिन्नता । भिन्नता छ त केवल गालीगलौज छ।’
नेता भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी पनि गरे । साथै उनले अझैँ पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको पनि । उनले भने, ‘चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ ।’


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया