

रुसले युक्रेनकाे २० प्रतिशत भू–भाग कब्जा गरिसक्याे : राष्ट्रपति जेलेन्स्की

एजेन्सी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताउनुभएको छ ।
लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डकाे संयुक्त क्षेत्रफलभन्दा धेरै भूमि कब्जा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।
युक्रेनको ६ लाख तीन हजार वर्ग किलोमिटर क्षेत्रमध्ये एक लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र रुसले कब्जा गरेको छ । यसमध्ये क्रिमिया र पूर्वी युक्रेनका केही भाग रहेका छन् । युक्रेनको सात प्रतिशत भूमिमा रहेको क्रिमियालाई रुसले सन् २००७ मै कब्जा गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले एक हजार किलोमिटर लामो सीमा क्षेत्रमा खटिएर सेनाले देशको रक्षा गरिरहेको पनि बताउनुभएको छ ।
गएको फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता एक करोड २० लाख जना युक्रेनीले आफ्नो घर छाडेको जेलेन्स्कीले बताउनुभयो । उहाँले ३० हजार जना रुसी सेना मारिएको पनि दाबी गर्नुभएको छ । तर रुसले भने आफ्ना १३ सय जना सैनिक मात्रै मारिएको दाबी गर्दै आएको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया