

प्युठानको मल्लरानी गाउँपालिकामा जनमोर्चाका खड्का विजयी

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ।
राजमोका उम्मेदवार कृष्ण बहादुर खड्का ३ हजार २३८ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त गरे।
गाउँपालिकामा राजमोको नेतृत्वको गठबन्धन विजयी भएको हो।
उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका रमेश श्रेष्ठ ३ हजार ७० मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा आचार्यले २ हजार ८०० मत प्राप्त गरिन्।
सोमबार बिहान घोषित अन्तिम मतपरिणाम अनुसार वडा न। १ र २ मा राजमो नेतृत्वको गठबन्धन, ३ मा एमाले तथा ४ र ५ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएका छन्।
वडा नं। १ को वडाअध्यक्षमा राजमोका चिन्त बहादुर राहु र २ मा राजमोकै लेख बहादुर थापा प्यानलसहित विजयी भए।
वडा नं। ३ मा एमालेका नोमराज पौडेल विजयी भए। सो वडामा अध्यक्षबाहेक ४ जना सदस्य राजमोले जितेको छ।
वडा नं। ४ मा नेपाली कांग्रेसका कुमार श्रेष्ठ र ५ मा कांग्रेसकै गोपाल थापा विजयी भएका छन्।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया