प्यूठानको झिमरुक गाउँपालिकामा अध्यक्षसहित ४ वटा वडाध्यक्ष राष्ट्रिय जनमोर्चालाई दिने

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धनमा आबद्ध स्थानीय ५ राजनीतिक दलबीच सहमति हुन नसकेपछि प्रदेश कमिटीले हस्तक्षेप गरेको छ ।

सत्ता गठबन्धनका पाँचै दलका प्रदेश नेताहरुको बैठकले झिमरुक गाउँपालिकाको अध्यक्षसहित ४ वटा वडाध्यक्ष राष्ट्रिय जनमोर्चालाई दिने निर्णय गरेको छ । यस्तै उपाध्यक्ष र एउटा वडाध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने गरी प्रदेशमा सहमति भएको छ ।

नेपाली कांग्रेसले भने ३ वटा वडाध्यक्ष पाउने छ । प्रदेशको बैठकले यसअघि झिमरुकका स्थानीय दलका प्रतिनिधिले एक्ला एक्लै चुनाव लड्ने भनेर गरेको सहमतिसमेत खारेज गरेको छ ।

प्रतिक्रिया

खबर सबै