

बुटवलमा एक्कासी हावाहुरी र मेघ गर्जनसहित वर्षा



बुटवल । बुटवलमा हावाहुरीसहित मेघगर्जन र वर्षा भएको छ । शुक्रबार दिउसो करि साढे ४ बजेदिख यहाँको मौसममा एक्कासी परिवर्ता आएको हो ।
हावा हुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएका छन् भने बजार तथा यात्रामा रहेकाहरुको जनजिवन प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरुले बताएका छन् ।
नेपालमा न्युन चापिय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले यसअघि नै जनाएको थियो । यसैगरी राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया