

जनमोर्चाको वाणगंगा मेयरमा अध्यक्ष वाग्लेनै उम्मेदवार बन्ने



माधव भाट क्षेत्री
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष हिमलाल वाग्ले वाणगंगा नगरपालिकामा मेयरको उम्मेदवार बन्ने भएका छन् । २०७९ वैशाख ६ गते जिल्लाको बाणगंगामा सम्पन्न राजमो कपिलवस्तु जिल्ला समन्वय समितिको बैठकले अध्यक्ष वाग्लेलाई वाणगंगाको मेयरमा उठाउने निर्णय गरेको छ ।
वैठक पश्चात् अध्यक्ष वाग्लेद्वारा जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । प्रेस बक्तब्य अगाडि भनिएको छ– “वर्तमान भ्रष्ट संसदीय व्यवस्थाको भन्डाफोर गरौँ, अग्रगमनको पक्षमा मत प्रकट गरौँ , भन्ने नाराका साथ निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय बमोजिम वाणगंगा नगरको मेयरमा हिमलाल वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साथै शिवराज नगरपालिका वडा नम्बर ४ को वार्ड अध्यक्षमा कमल खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ । साथै जिल्लाका अन्य उम्मेदवार टुङ्गो लगेपछि सार्वजनिक गरिनेछ ।
बैठकले स्थानीय तहको निर्वाचनको बारेमा गम्भीर रुपले छलफल गर्दै प्रतिक्रियावादी, प्रतिगमनकारी र विखण्डनकारीहरुको बिरुद्धमा देशभक्त, जनवादी तथा बामपंथी शक्तिलाई बिजय गराउन आह्वान गर्दै चुनाबको उपयोग गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा जनाइए अनुसार वाणगंगा नगरपालिका सहित जिल्लाका अन्य पालिकाहरुमा र वडाहरुमा पनि जति सक्दो धेरै उमेदवारहरु राजमो समन्वय समितिले उठाउने छ । देशभक्त, जनवादी तथा वामपंथी शक्तिहरुसँग कार्यगत एकता तालमेलमा जान सकिने नीति खुल्ला गर्ने निर्णय समेत गरेको छ ।
साथै देशभक्त, जनतान्त्रिक तथा वामपंथी शक्तिहरुसँग कार्यगत एकता गरी चुनावी तालमेलमा जान सकिने बताइएको छ जसको लागि माधव भाट क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ जसको सदस्यहरमा बि.शंकर पराजुली र घनश्याम पोख्रेल रहेको जारी वक्तव्यमा उल्लेख छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया