

निर्वाचनका लागि दाङमा प्रमूख दलहरुको पाँचबुँदे प्रतिबद्धता

दाङ ।
स्थानीय निर्वाचन २०७९ को सन्दर्भमा दाङका प्रमुख राजनीतिक दलहरुले पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लास्थित गठबन्धनमा आवद्ध दलहरु र नेकपा एमालेका तर्फबाट आसन्न स्थानीय निर्वाचनलाई सभ्य, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि आज (मंगलबार) साझा प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जिल्लामा कृयाशिल प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न निम्न लिखित विषयमा हस्ताक्षर गर्दै यसको कार्यान्वयनका लागि सामुहिक प्रतिवद्धता जाहेर गर्दै हस्ताक्षर पनि गरेका हुन् ।
प्रतिद्धतामा आगामी वैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्वाचन २०७९लाई नेपालको संविधान, लोकतन्त्र, मानवअधिकार र समावेशीताको मर्म र भावनालाई आत्मसाथ गर्दै निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्ने, आगामी निर्वाचनमा गरिव, विपन्न, पछाडी पारीएका वर्ग, लिंग, जाती, तथा समुदायको समावेशीतालाई सुनिश्चितता गर्दै मुख्य जिम्मेवारी पदहरुमा सहभागिता गराउने रहेको छ ।
त्यस्तै उम्मेदवार छान्दा लोकतन्त्र, मानवअधिकार, सामाजिक प्रतिष्ठा र दलगत योगदान र स्वच्छ छवि भएका व्यक्तिहरुलाई उम्मेदवार बनाउने, निर्वाचनमा मतदाताहरुलाई नकरात्मक रुपमा प्रभाव पार्न र विभिन्न किसिमका प्रलोभन तथा झुठ्ठा आश्वासन नदिन, स्थानीय तहको निर्वाचन दलगत घोषणा पत्रमा गरिव विपन्न, गरिव तथा सिमान्तकृत समुदायका नागरिकका मौलिकहकका विषयवस्तुहरुलाई समावेश गर्दै पूर्णरुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता जनाएका छन् ।
नेकपा एमालेका विवेक श्रेष्ठ, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादीका गुरुप्रसाद महरा, जनता समाजवादी पार्टीका होमप्रसाद शर्मा र राष्ट्रिय जनमोर्चाका गणेश आचार्यले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया