

ठेकेदारका कारण ८ दिनदेखि फोहोर सडकमै



पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध(तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन्।
सारदा अधिकारीको शैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले दोस्रोपटक फोहोर बिसर्जन ठप्प पारेका छन्। यतिका समयसम्म कालोपत्रे नगर्ने ठेकेदारलाई सरकारले कारबाही नगरेपछि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्।
सरकारवारा गठित टाक्स फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको ठेकेदारको अटेरीपनले गर्दा राजधानी पूर्ण रूपमा दुर्गन्धित हुन पुगेको छ। स्थानीयतारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारीले बिहीबार नेपाल समाचारसँग कुरा गर्दै अटेरी ठेकेदारका कारण बाध्य भएर फोहोर रोक्नुपरेको बताए।
ठेकेदारले सरकारकै संरक्षण पाएको कारण हालसम्म काम नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापन अवरुद्ध गर्न बाटोमा बसेका स्थानीयले भने, ‘जबसम्म बाटो कालोपत्रे हुँदैन, तबसम्म फोहोर लैजान दिदैनौं।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया