

इप्रका पिपराले गर्याे शान्ति तथा कानुन कार्यान्वयन सम्बन्धि नागरिक सुनुवाई



भगवती न्यौपाने, कपिलवस्तु ।
ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले शान्ति तथा कानुन कार्यान्वयन सम्बन्धि नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ मा सम्पन्न कार्याक्रममा वडा कार्यालयको सहकार्य सहित ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङगले कार्यक्रमको बारेमा जानकारी गराउदै बाणगंगा नगरपालिकाका ११ वडा र कपिलवस्तु नगरपालिकाका ९,१० र ११ नम्बर वडा समेतका क्षेत्रमा आफुहरुले हेर्दै आएको बताउनु भयो । नदिजन्य पदार्थ, सडक दुर्घटना, लागु औषध बरामद तथा पक्राउ विवरण, वनजङगल तथा वन्यजन्तु चोरी तस्करी, अबैध हातहतिर बरामद पक्राउ, जुवा तास नियन्त्रण तथा कारवाहि लगायतका कामका बिषयमा ईलाका प्रहरीले गरेको कामको बारेमा समेत गुरुङले जानकारी दिनुभयो ।
यता नागरिक सुनुवाई कार्यक्रममा सहभागिले दुर्घटना न्युनिकरण, अबैध खाद्यान्न, नदिजन्य पदार्थ, महिला हिंसा, लागुपदार्थ लगायतका विषयहरु नियन्त्रण र रोकथाममा जोड दिनुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा सहभागीहरुका प्रश्न र जिज्ञासाहरुको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले लागु औषधले गर्दा पुस्ता नै सिद्धिने डर भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । आफु भर्खर जिल्लामा नयाँ भएको बताउदै यहाँको जनताको सुरक्षाका लागि आफु हर बखत तयार रहेको उहाँको दाबी थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दान बाहादुर कार्कीले सबै भन्दा धेरै लागुऔषध वाणगंगा नगरमा हुने गरेको बताउँदै आफ्ना छोराछोरीको ध्यान अभिभावकले दिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष समेत रहनु्भएका बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगर अरु क्षेत्रमा गोल्ड मेडल प्राप्त गर्न सफल भए पनि लागु औषधमा बलाक मेडल पाउने सम्भावना भएको बताउनु भयो ।
नगरका उपमेयर चक्रपाणी अर्यालले भौतिक पुर्वधार विकास र राजनिति कुराले मात्रै नगर समृद्ध बन्न नसक्ने बताउदै लौङिग हिंसा,बलत्कार लगायत लागुपदार्थ रोक्न सके समाज परिवतर्न हुने बताउनु भयो ।
स्वागत मन्तव्य राख्दै वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडामा एक महिनामा ३ जना सवारी दुर्घटनामा गुमाउनु परेकोमा दुख व्यक्त गर्दै दुर्घटना न्युनिकरण अति आवश्यक रहेको बताउनु भयो । नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाइले विद्यार्थीलाई शिक्षा, शिक्षा सँग मात्रै नभएर व्यवहार र सिप सँग सम्बन्धित हुनु पर्ने आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तु उपाध्यक्ष हरि अधिकारी , शसस्त्र प्रहरी नायक उपरिक्षक गोपाल प्रसाद श्रेष्ठ, नेपाल स्वयसेवक संघका अध्यक्ष खेमराज पौडेल, स्थानिय बुद्धिजीवी,युवा, शिक्षक, विद्यार्थी महिला, प्रहरी र प्रत्रकारको सहभागिता रहेको थियो ।
यता ईलाका प्रहरी कार्यलयले दोस्रो चरणको कार्यक्रम नगरका १८१ जना अतिविपन्न ब्याक्तिलाइ राहत उपलब्ध गराएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया