

सांसद गुप्तासहित धेरै कार्यकर्ता एमालेमा प्रवेश



जानु पाण्डे / कपिलवस्तु
संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद गुप्ताका धेरै समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभयो ।
गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्मवहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा १ का वडाध्यक्ष सुदीप पौडेल, वडा ४ का वडाध्यक्ष रविन्द्र त्रिपाठी, वडा १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा ८ का अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको छ ।
सांसद गुप्ता ७ हजार कार्यकर्तासहित प्रवेश गर्नुभएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो । त्यसैगरी कृष्णनगर नगरपालिकाका युवा नेता कुनालप्रताप शाहसहित ३ हजार कार्यकर्ता एमाले प्रवेश गर्नुभएको सो दलले जनाएको छ । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, राप्रपा लगायतबाट नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया