

बाणगंगाको रामदतिवन धाममा श्रीमद्भागवत ज्ञान महायज्ञमा सुरु



भगवती न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित घना जंगल भित्रको एक धार्मिक स्थाल रामदतिवन धाममा श्रीमद्धभागवत ज्ञान महायज्ञ सुरु भएको छ ।
धाममा बुधवार देखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा एवम गणेश मन्दिर उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर मंगल प्रसाथ थारुले ऐतिहासिक र पुरातात्विक रामदतिवन धाम पर्यटन प्रवद्र्धनका लागि राम्रो स्थान रहेको बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना बोकेको कपिलवस्तुको रामदतिवन धामको विकास गर्दै धाम क्षेत्रको व्यापक संरक्षणको आवश्यकता रहेको पनि उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रचार प्रसार नहुँदा ओझेलमा परेका यस्ता धाममा सबैको चासो जानु पर्ने बताउदै धामको विकासमा नगरले पनि सहयोग गर्ने बताउनु भयो ।
यस्तै राप्रपा केन्द्रिय सदस्य धुव्र रायमाझी र वाणगंगा खाने पानी उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र विक्रम शाहले कार्यक्रममा बोल्दै राम सँग जोडिएको ऐसिहासिक ठाउँको विकासमा सबैले जोड दिुन पर्ने बताउनु भयो ।
धमका संरक्षक भोलेबाबा कृष्ण शरणको अध्यक्षता, उपाध्यक्ष ऋषिकेश पोख्रेलको स्वागत मन्तव्यमा भएको कार्यक्राको सञ्चालन पत्रकार विकास थापाले गर्नु भएको थियो ।
उक्त कार्यक्राम नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, साखा अधिकृत खिमबहादुर जिसि, युवा समाज सेवि लगायत भक्तजनहरुको उपस्थित रहेको थियो ।
चैत्र ९ गते बुधबार (आज) बाट सुरु भएको महायज्ञ चैत्र १६ गते सम्म संचालन हुने छ । चैत्र ९ गते कलश यात्रा तथा महायज्ञको उद्घाटन गरिएको छ भने १५ गते १ बजे मुर्ति स्थापना तथा मन्दिर उद्घाटन, कथा वाचन समय दिउँसो १२ देखि ४ बजे सम्म हुने आयोजनकले जनाएको छ ।
कथा वाचन आध्यात्मिक प्रखर वक्ता देवकृष्ण शास्त्री र उप वाचक आर्जन सुवेदिबाट हुने भएको छ ।
कपिलवस्तुका पर्यटकीय धार्मिकस्थलमध्ये यस धामलाई पनि महत्वका साथ हेर्ने गरिएको छ तर प्रचारप्रसार र संरक्षणको अभावमा सधैँ ओझेलमा पर्दै आएको हो । यस पवित्रस्थलमा आएपछि विभिन्न रोग निको हुने धार्मिक विश्वास छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया