

आमाको खुट्टा मुनि स्वर्ग रहेको छ : मशहूद खां नेपाली



कृष्णनगर
सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ।
कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह,साना हातहरू ,सुआहारा, लगायत संघ संस्थाको सहकार्यमा संचालन भएको थियो।
कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले कार्यक्रमको अध्यक्षता रहेको थियो ।
कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेल, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी,कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता, शिक्षा शाखा प्रमुख बलराम पन्थी लगायतको आथितियता रहेको थियो ।
कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले महिलाहरु हक अधिकार बाट वन्चित नहुनु पर्ने बताउदै महिला अधिकार सम्बन्धि समस्या रहेको ग्राउंड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड़ दिए।
लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली उपस्थित सबै लाई धन्यवाद दिदै महिला लाई उच्च सम्मान दिनु पर्नेमा जोड़ दिदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउदै महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने समेत बताउनु भयो।
कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताउनुभयो र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड़ दिदै कार्यक्रम समापनको घोषणा समेत गरेका थिइन।
कार्यक्रममा कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्ययले शुभकामना मन्तव्य राख्नुभयो िमाइती नेपालका विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी, समाजसेवी, महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, महिला लगायत अन्यको उपस्थित रहेको थियो । इश्वरी प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया