

भारतीय ट्रकको ठक्करबाट बाणगंगाका युवककाे मृत्युु



कपिलवस्तु
कपिलवस्तुकाे बाणगंगामा भारतीय ट्रकले अटोलाई ठक्कर दिदा एक युवाको मृत्यु भएकाे छ । गयराति दुर्घटना भएसँगै स्थिति तनावग्रस्त बनेको थियाे । अहिले भने ओदारीको अवस्था सामान्य बन्दै गएको छ । गएराती कपिलवस्तुको बाणगंगा ११ ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदा एक जना युवाको घटनास्थलमै निधन भएको थियो । दुर्घटनाबाट बाणगंगा नगरपालिका वडा नम्बर ११ का अनिल मगरको मृत्यु भएको हो ।
युवाको ज्यान गएपछी स्थानियले ओदारीमा रहेको प्रहरी विटमा आक्रमण समेत गरेका थिए । आक्रोशित स्थानियले प्रहरी विट तोड्फोड समेत गरेका छन् ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको अटोलाई दक्षिणबाट उत्तर आउदै गरेको भारतीय ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । चालकको गम्भीर लापरवाहीलेनै मगरको ज्यान गएको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।स्थितिलाई नियन्त्रणमा लिन राती प्रहरीले दर्जनौ हवाई फाएर र असृग्यास प्रहार गरेको थियो । राती नै प्रहरीले चालकलाई पिपरा लगेको र अहिले भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया