भारतीय सिमा नाका ४८ घण्टाका लागि बन्द हुने

कपिलवस्तु

कपिलवस्तुको सीमावर्ती जिल्ला भारत आवतजावत गर्ने सिमानाका केही समयका लागि बन्द हुने भएको छ ।
भारतको सिद्धार्थनगर जिल्लामा यही मार्च ३ तदनुसार फागुन १९ गते निर्वाचन हुने भएकोले निर्वाचन सकिनु ४८ घण्टा पूर्व अर्थात १ मार्च तदनुसार फागुन १७ गते बेलुका ६ बजे पछि सुरक्षाका लागि नेपाल भारत आवतजावत गर्न सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्ने तर नेपालबाट भारत प्रवेश भने रोकिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।
ईमर्जेन्सी औषधि उपचारका लागि सर्वसाधारण भारत जानु परेमा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने समेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

खबर सबै