

बाणगंगाका कृषकलाई दिइयो मौसमी र बेमौसमी तरकारी खेतीको तालिम



रामबहादुर गन्धर्व, कपिलवस्तु ।
भोकालाई एक छाक खाना होईन जिउने जुक्ति सिकाउ भन्ने मुल नाराका साथ मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम कपिलवस्तुका कृषकहरुलाई प्रदान गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ५ का कृषकहरुलाई प्रदान गरिएको मौसमी तथा बेमौसी तरकारी खेती तालिम कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका कृषि विकाश शाखा प्रमूख लेस बहादुर के.सीले वर्तमान कृषि प्रणालीलाई रुपमान्त्रण गरी व्यवसायिक कृषि प्रणालीको अवधारणामा लाग्नुपर्ने बताउनुभयो । के.सीले नगरका किसानहरुलाई परम्परागत कृषिलाई अब व्यवसायिकरण गर्न पनि आग्रह गर्नुभयो ।
कृषि विकाश शाखा प्रमूख केसीले कार्यक्रमलाई सहजीकरण गर्दै कृषिलाई सम्मानजनक बनाउदै ब्यवसायिकतामा लैजानु पर्ने बताउदै सफल ब्यवसायी बन्न कृषकहरुलाई सुझाव पनि दिनुभएको छ ।
त्यस्तै कार्यक्रममा माउन्ट एभरेष्ट सामाजिक बिकास संस्थाका कार्यक्रम संयोजक दिपक खनालले तालिमको उद्वेश्य माथि प्रकाश पार्दै सफलताको शुभकामना दिनु भएको थियो । हेफर इन्टरनेशनल नेपालको सहयोग र बिहानि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बाणगंङ्गा ५ कोपवा कपिलवस्तुको आयोजनामा सञ्चालित २ दिने मौसमी र बेमौसमी तरकारी खेतीको तलिममा ४० जना सहभागी रहेका थिए । सो तालिमको सहजीकरण ठगराज पौडेल र लेसबहादुर के.सीले गर्नुभएको थियो । तालिमको समापन संस्थाका अध्यक्ष तुल्सी थापाको अध्यक्षता र रिता चौधरीको सञ्चालनमा सम्पन्न भएको थियोे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया