

शिक्षा , स्वास्थ्य , खाद्य र आवासको सवालमा सार्बजनिक सुनुवाई



राधा पाण्डे/ कपिलवस्तु अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलबस्तुको आयोजना तथा बाणगंगा मानव अधिकार समुहको समन्वयमा शिक्षा , स्वास्थ्य , खाद्य र आवासको अधिकारको सवालको बिषयमा सार्बजनिक सुनुवाई कार्यक्रम फागुन १५ गते बाणगंगा नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम सरोकारवालाहरु बिच सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेकले बाणगंगा नगरपालिकामा सम्पन्न गरेका कार्यक्रमको बारेमा जानकारी दिनु भयो ।
नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत आवश्यक्तालाई ब्यविस्थत गर्नुपर्ने कार्यक्रमका सहभागीलेहरुले जोड दिएका छन् । स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकिहरुमा प्रेसर , दाज , सुगरको चेकजाचँ तथा औषधी निशुल्क गराउनु पर्ने माग गरेका थिए । अझैपनि नागरिकहरुको शिक्षा, स्वास्थ्यमा पहुँच नपुगेको भन्दै यस तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक भएको बताएका छन् । शिक्षा निशुल्क अनिवार्य र मावि शिक्षा निशुल्क भनिए पनि विभिन्न बाहानामा सरकारी विद्यालयहरुले शुल्क लिने गरेको र बिद्यालयमा निशुल्क बितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको गुनासो गरेका थिए ।
सरकारले खरका छाना मुक्त तथा जनता आवास कार्यक्रम र सुरक्षित आवासका कार्यक्रम संचालन गरे पनि पुर्णता नभएको सहभागिहरुले गुनासो गरेका छन् । यस्तै छाडा चौपायाको व्यबस्थापन नहुँनु , फोहोर व्यबस्थान नहुनु लगाएतका बिषयमा जिज्ञासा राखेका थिए ।
यस्तै स्वास्थ्यका हिसावले प्लास्टकिको प्रयोग बन्द गर्नु पर्ने फोहर ब्यवस्थापन हुनु पर्ने सवाल उठाएका थिए । कृषिको सवालमा छाडा पशु नियन्त्रण , विषाधीको प्रयोग र विक्रि वितरणमा नियन्त्रण र अनुगमन ,खाध्य बस्तुमा हुन्े मिसावटको अनुगमन गर्नु प्रर्नेमा जोड दिएका थिए ।
यस्तै पशुको रेविजको सुई निशुल्क उपलब्ध गराउनु पर्ने ,र आवासको अधिकार अन्तरगत खरका छाना मुक्त कार्यक्रम नगर स्तरमा लागु गरि कार्यानवय गर्नु पर्ने लगाएतका सवालमा सुझाव दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले सहभागिहरुको गुनासाहरुलाई संबोधन गर्दै नगरवासीहरुको शिक्षा , स्वास्थ्य , खाद्य र आवासमा देखिएका समस्याहरुलाई समाधान गर्न लागि पर्ने बताउनु भयो । इन्सेक मानव अधिकार समूहले शिक्षा , स्वास्थ्य , खाद्य र आवासमा जस्तै छाडा चौपाया , फोहोर व्यबस्थापन लगाएतका बिषयमा बिभिन्न सचेतना मूलक कार्यक्रम संचालन गर्न आग्रह गर्नु भयो ।
साथै नगरका वडाका टोलटोलमा पुगेर सचेतना अभियान संचालन गर्न अनुरोध गर्दै नगरपालिकाको साथ सहयोग रहेको प्रतिवद्धता जनाउनु भयो । सरकारी बिद्यालयहरुले बिद्यार्थीहरुबाट शुल्क असुल्न नपाउने बताउँदै यस बिषयमा अनुगमन गर्ने र बिद्यार्थीहरुबाट शुल्क उठाएको भेटाएमा कारबाही गर्ने बताउनु भयो । खरका छाना मुक्त तथा जनता आवास कार्यक्रम र सुरक्षित आवासका कार्यक्रम संचालनमा रहेको खाध्यवस्तुमा हुने मिसावटको सुचक बनाएर अनुगमन गरिने बताउनु भयो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा सेवा गा्रहीले उठाएका सवालमा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको अवस्था विषयमा नगरपालिकाले गरेका काम तथा योजनाका वारे जानकारी गराउदै नागरिकहरुवाट आएका सुझावलाई अगिंकार गरेर अगाडी बढने प्रतिबद्धता जनाउनु भएको छ ।, यस्तै स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वास्थ्यको क्षेत्रमा गुनासा नआउने गरि काम गरेको बताउनु भयो । पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले खुला सिमानाको कारण छाडा चौपाया नियन्तरण गर्न समस्या भएको बताउनु भयो ।
कृषि शाखा प्रमुख लेष बहादुर केसिले किसानहरुले बिउ , मल , बिषादी खरिद गर्दा एग्रोभेट बाट खरिद गर्न आग्रह गर्नु भयो । जुनसुकै सामानहरु खरिद गर्दा बिल लिन आग्रह गर्दै चैते धानको बिउ आएको हुँदा समयमा सबैलाई धानको बिउ लगाउन ईच्छुक किसानहरुलाई आग्रह गर्नु भयो । सेवा बाट कोही पनि बञ्चित नहोउन भन्ने उद्देश्यले सुचना प्रशारण गरिएको बताउनु भयो ।
यस्तै महिला बालबालिका शाखा प्रमुख शुसिला पन्थले महिला बालबालिका , जेष्ठनागरिक र अल्पसंख्यकको क्षेत्रमा काम गदैै आएको बताउनु भयो । साथै लैंगिक हिंसा बिरुद्धको अभियानमा हिंसामा परेका महिलाहरुका लागि छुट्टाईएको बजेट परिचालन नभएको हुँदा नगरपालिका भित्र त्यस्ता कोही पिडित महिला तथा बालबालिका भएमा महिला बालबालिका शाखामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बाल मावि बैरियाकी बाल अधिकार सेचतना समुहकी सदस्य अनिसा थारुले सरकारले विद्यालयमा दिने निशुल्क सेनेटरी प्याड गुणस्तरिय नभएको बताउनु भयो । गुणस्तरिय प्याडको ब्यवस्था गरिदिन र निशुल्क शिक्षा भने पनि कुनै न कुनै बहानामा शुल्क लिने गरेको हुँदा नगरपालिकाले हरेक बिद्यालयमा अनुगमन गरी राज्यले दिएको सुबिधा दिलाई दिन आग्रह गनुभयो । सेवाग्रही लक्ष्मी बिकले सरकारले निशुल्क शिक्षा भन्छ तर हामीहरु शुल्क तिर्न बाध्य भएको बताउनु भयो ।
कार्यक्रममा सिद्धार्थ क्याम्पसका सहायक प्रमुख गोबिन्द प्रसाद खनाल , बाणगंगा माबि लौगाईका प्रधानाध्यापक कुलराज पौडेल , संचारिका समूहका सदस्य राधा पाण्डे वाणगङगा माबि गजेहडाका प्रधानाध्यापक रामप्रसाद भण्डारी , जननी आधारभूत बिद्यालय मधुवनका प्रधानाध्यापक रुद्रमायाँ पौडेल , मानव अधिकार समूहका बरिष्ठ सल्लाहकार रोमकान्त घिमिरे , नागरिक समाजका प्रतिनिधी धर्मराज शर्मा , बाणगंगा महुरी पालन सहकारी संस्थाका अध्यक्ष लिलापती घिमिरे , लगाएतले विगतदेखि नै समस्याका रूपमा देखिएका छाडा चौपायाले गर्दा कृषक मारमा परेको, दुर्घटना बढि रहेकोले नगरले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्यालाइ राजनीतिकरण गरिनु साथै म र मेरा भन्नेहरुको बोलवाल हटाइनु पर्ने कुरा प्रति ध्यानाकर्षण गराएका थिए । साथै सरकारले निशुल्क शिक्षाको नारा ल्याएता पनि विद्यार्थी महँगो मूल्य तिर्न बाध्य हुनुपरेको कार्यक्रममा बताईएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम मानव अधिकारी समुहका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता, समूहका उपाध्यक्ष ईन्दिरा पन्तको स्वागत मन्तब्य र समुहका सचिव मधु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया