

सेवा मै व्यस्त ,पहिलो पाईला नेपाल

पहिलो पाईला नेपाल बुटवल शाखाले आज एक कार्यक्रम “तपाई को माक्स छुट्यो कि ?? माक्स यहाँ छ ” सफलतापुर्वक सम्पन्न गरेको छ। सस्था का अध्यक्ष पारस मरासिनी को अध्यक्षतामा सो कार्यक्रम सप्पन्न भएको हो , सल्लाहकार ठाकुर प्रसाद गैरे को प्रमुख आथित्यता र सल्लाहकार गंगाधर न्यौपानेको बिशिस्ट आथित्यता मा कार्यक्रम सप्पन्न भएको थियो। कार्यक्रम बुटवल को अति ब्यस्त स्थान नयाँ बसपार्क मा गरिएको थियो । बढ्दै गएको कोरोनामा सामाजिक दुरि कायम गर्नुपर्ने , नियमित माक्स को प्रयोग गर्ने बानी को बिकास गराउनका लागि माक्र्स नलगाएका सवारी चालक, सह- चालक ,यात्रु, पैदल यात्रीलाई सुझाव दिदै माक्र्स बितरण गरिएको थियो भने सबै लाई माक्स लगाउने बानी बसाउन का लागि ट्राफिक चोक मा माक्स बक्स पनि संचालन गरिएको छ। कार्यक्रम मा
“मैले लगाएको माक्स ले तपाई को सुरक्षा गर्दछ।।
तपाई ले लगाएको माक्सले मेरो सुरक्षा गर्दछ ।।”
त्यसैले माक्स प्रयोग गरौ आफू पनि बचौ अरु लाई पनि बचाउ भने उदेश्यले कार्यक्रम को आयोजना गरिएको हो। कार्यक्रम को संयोजक सस्थाका कार्यसमिति सदस्य राजन अधिकारीले गर्नु भएको थियो भने संचालन सह- सचिब रमेश पछाइ ले गर्नु भएको थियो।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया