

एमाले अधिवेशनमा भएको फोहोर विद्यार्थीले गरे सफा



कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशनका क्रममा भएको फोहोर विद्यार्थीहरुले सफा गरेका छन् । बाणगंगा नगरपालिका वडा नं.१ बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसको सहभाहलमा यही पुस २३ र २४ गते सम्पन्न एमालेको जिल्ला अधिवेशनका क्रममा सभाहल वरिपरी फोहोर भएको थियो । सोमबार वि.एड. दोस्रो बर्षमा अध्ययनरत विधार्थीहरुले उक्त फोहोर सफा गरेका हुन् ।
जिल्ला अधिवेशनका क्रममा प्रयोग भएका विभिन्न उम्मेद्वारहरुको पर्चा, पार्टीका बोर्डहरु, पानीका बोतल, भित्तामा टासिएका उम्मेद्वारको नामावली लगायतका फोहार विद्यार्थीहरुले उठाएर जलाएका छन् । क्याम्पसपको सभाहल विभिन्न पार्टीका कार्यक्रम गर्ने केन्द्र बनेको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले क्याम्पसका कार्यक्रमहरु आयोजना गर्न बनेको सभाहल यसरी विभिन्न पार्टी तथा संघसंस्थाका कार्यक्रम गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विद्यार्थीको पढाईमा असर गर्ने बताएका छन् । क्याम्पस प्रशासनको अनुमतिमा नै विभिन्न यस्ता गतिविधि हुने काम तत्काल रोक्नुपर्ने उनीहरुको भनाई छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया