

बाणगंगाको २ नम्बर वडाले बाढ्यो विद्यार्थीहरुलाई न्यानो पोसाक



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ ले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरिएको छ । सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरिएको हो । आईतबार ४ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरिएको वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । वडाध्यक्ष पौडेलका अनुसार पञ्च आधारभूत विद्यालयका १६५ जना, बालज्योति आधारभूत विद्यालयका ११६ जना र कपिलवस्तु आधारभूत विद्यालयका १८० जनालाई विद्यार्थीहरुलाई न्यानो पोशाक (स्वीटर) बितरण गरिएको हो । जनता मा. वि.पिपराका ६०० जना विद्यार्थीहरुलाई पनि छिटै न्यानो पोशाक (स्वीटर) वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । जाडोमा विशेष गरि बालबालिका प्रभावित हुने भएकाले उनीहरुको स्वास्थ्यलाई मध्येनजर गरि न्यानो पोसाक वितरण गरिएको वडाध्यक्ष पौडेलको भनाई । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाउन्ुभएको छ । वडाध्यक्ष पौडेलले न्यानो पोशाक (स्वीटर) वितरण गर्ने कार्यक्रममा व्यवस्थापनमा सहयोग पु¥याउने प्रदेश सासंद बिष्णु प्रसाद पन्थी धन्यवाद समेत दिनुभएको छ । वडा नं.२ ले वृद्धदेखि बालबालिका लक्षित कार्यक्रम विगत देखि नै गर्दै आएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया