लुम्बिनीको विकासका लागी कोषको बर्तमान संरचना परिवर्तनमा जोड

कपिलवस्तु ।
लुम्बिनी विकास कोषको बर्तमान संरचना परिवर्तन गरेर भएपनि समग्र लुम्बिनीको विकासका लागि अगाडी बढ्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले लुम्बिनीमा आयोजना गरेको “लुम्बिनी विकासको अवस्था र भावी कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो कुरामा जोड दिएका छन् ।
कार्यक्रममा राष्टिय सभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, लुम्बिनी विकास कोषका पदाधिकारी, पुरातत्वविद्, बुद्धजीवी, उद्योगी, पर्यटनव्यवसायीले समग्र लुम्बिनीको विकासका लागी कोषको बर्तमान संरचना परिवर्तन गर्न परेपनि बाधक हुन नहुने औल्याए ।
कोषमा राजनितिक नियुतिm बन्द गरी विज्ञलाई समावेश गरिनुपर्ने पनि माग उठेको छ । उनीहरुले पर्यटन मन्त्री स्वतः कोषको अध्यक्ष हुने प्रावधान समेत फेरिनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विभिन्न क्षेत्रका सरोकारवालाले समग्र लुम्बिनीको विकासका लागि प्रस्तुत गरेका सुझावलाई ग्रहण गरि गुरु योजनालाइ थप प्रभावकारी बनाउन लुम्बिनी विकास कोषका योजना अध्याबधिक गरी अगी बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लुम्बिनीको विकासका लागि सुझाव प्रस्तुत गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले लुम्बिनीलाई जोड्ने भैरहवा लुम्बिनी सडक खण्डमा अलपत्र अवस्थामा रहेका पुललाई तत्काल पुरा गरिनुपर्ने, नेपाली नागरिकका छोराछोरीलाई तत्काल नागरिकता प्रदान गरिनुपर्ने, लुम्बिनी क्षेत्रका विपन्न समुदायको जिवनस्तरमा परिवर्तन ल्याउने खालका योजना लागु गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।
वृहत्तर लुम्बिनीको अवधारणा अनुरुप यससंग सम्बन्धित देवदह, तिलोैराकोट, रामग्राम, सुस्ता, पाल्पा, बुटवल लगायतका ऐतिहांसिक क्षेत्रलाई समेटेर छुट्टै गुरुयोजना बनाउन सके मात्र लुम्बिनीको विकासले सार्थकता पाउने बक्ताहरुको भनाइ थियो ।

प्रतिक्रिया

खबर सबै