गेटले च्यापेर बाणगंगामा गेटपालेको घटनास्थलमै मृत्यु

कपिलवस्तु

कपिलवस्तुको बाणगंगामा गेटले च्यापेर एक जनाको मृत्यु भएको छ । बाणगंगा – २ मा रहेको श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापेर गेटपालेको मृत्यु भएको हो ।

५९ बर्षका खिम बहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको गेट सुरक्षित नहुदाँ थापाको मृत्यु भएको प्रहरीको अनुमान छ ।

थापा विगत १२ बर्ष देखि त्यहाँ कार्यरत रहेका थिए ।

प्रतिक्रिया

खबर सबै