

बाणगंगाको मधौलिया सामुदायिक वनद्धारा साधारणसभा सम्पन्न



कपिलवस्तु । मधौलिया सामुदायिक वन उपभोक्ता समूहको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले वनको संरक्षण, संबद्र्धनमा समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यको महत्वपूर्ण योगदान रहेको बताए । उनले आगामी दिनमा वनको चौतर्फी विकासमा सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताए । मन्त्री यादवले प्रदेश सरकारले वनको संरक्षण, संवद्र्धनमा विशेष चासो दिएको र मधौलिया सामुदायिक वनलाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै मन्त्री यादवले वन उद्यानको मूल गेटमा रहेको शिलालेखको अनावरण गरी उद्घाटन गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मधौलिया सामुदायिक बन एक नमुना वन बन्दै गएको दाबी गरे । सासंद पन्थीले मधौलिया सामुदायिक बन सबैको आकर्षण बन्दै गएको र पर्यटकीय हिसाब समेत महत्वपूर्ण सावित भएको बताए । मधौलिया सामुदायिक वनलाई स्थानीय तथा प्रदेश सरकारले विशेष चासो दिई नमुना बनाउन सबैको साथ आवश्यक रहेको बताए । मधौलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतमले आफ्नो कार्यकालमा भए गरेका प्रगतिको बारेमा उल्लेख गरे ।
उनले वनका सम्भावना तथा अवसरहरु उल्लेख गर्दै वन संरक्षण, सम्बद्र्धन तथा बदलिदो जलवायु परिवर्तनका लागी सबै सरोकारवालहरुलाई एकजुट हुन अपिल गरे । कार्यक्रममा वनका सचिव रेखा ढकालले २०७७÷७८ को बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बाबुराम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मधौलिया वन उद्यानमा सम्पन्न कार्यक्रमको संचालन वनका उपोभोक्ता सदस्य शान्ता विक्रम पौडेलले गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया