प्रयास सामाजिक युवा क्लवका युवासँग आयोनको अन्र्तक्रिया

कपिलवस्तु ।
नेपाल युवा संस्था सञ्जाल आयोनले कपिलवस्तुका १० वटै स्थानीय तहमा समुदाय परिचालन कार्यक्रम अन्र्तगत समुदाय स्तरको छलफल कार्यक्रमलाई जोड दिएको छ ।
समुदायमा रहेका विभिन्न वर्ग, जातजातीका युवाहरुका बिचमा अन्र्तक्रिया, बहस, तथा उनीहरुका धारणा सहित समुदाय परिचालनका कार्यक्रम गरेको हो । सोही अनुसार शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित भर्तापुरमा रहेको प्रयास सामाजिक युवा क्लवका युवायुवतीहरुका बीचमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल युवा संस्था संजालका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीको सहजिकरण सहित सम्पन्न कार्यक्रममा प्रयास सामाजिक युवा क्वलवका ४० बढी युवा युवतीहरुको उपस्थिति रहेको थियो । विशेष गरी टोल तर देखि वडा, नगर तथा गाउँ, प्रदेश र केन्द्र सरकारबाट युवा लक्षित योजना, बजेट र त्यसमा युवाहरुको भुमिकाका विषयमा हाजिरिजवाफ प्रतियोगितात्मक तवरको अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा प्रयास सामाजिक युवा क्वलका अध्यक्ष हिमु खनाल, कोषाध्यक्ष विष्णु पाण्डे सहित पदाधिकारीहरुको आतिथ्यता सहित आयोन केन्द्रिय उपाध्य थानेश्वर अधिकारीको सहजिकरण र युथ च्याम्पिएन राजेन्द्र खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै