

बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाकाे नेतृत्व पुन : थापालाई



रामबहादुर गन्धर्व, कपिलवस्तु । बिहानि सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.बाणगंङ्गा ५काेपवा कपिलवस्तुकाे ७औं साधरण सभा तथा दाेस्राे अधिवेशन मंगलबार एक कार्यक्रमकाे आयोजना गरि सम्पन्न गरेको छ।साे अवसरमा संस्थाले सफल उद्यमीहरूलाई सम्मान पत्रले सम्मान गरेको छ। यसरी सम्मानित हुनेहरूमा अनारकली थारू ,फिरिया थारू,कमला पौडेल ,डिल्लीराम यादव,मालती क्षेत्री लगाएत ७जना रहेका छन् ।अधिवेशनले पुन:तुल्सी थापाकाे अध्यक्षतामा अगामी ४बर्षका लागि ९सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जिसकाे उपाध्यक्षमा संगिता चौधरी ,सचिवमा शिवकला बेलबासे ,काेषाध्यक्षमा बिना मल्ल रहका छन् भने सदस्यहरूमा निर्मला खनाल ,सुर्यकुमारी थारू,कमला परिया,लगाएत रहेका छन् । त्यस्तै संस्थाले बिमला कुमारी जाेसी संयाेजकत्वमा ३सदस्यीय लेखा समिति पनि चयन गरेको छ।जसकाे सदस्यहरूमा इन्दीरा शर्मा , चनमती थारू रहेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै राजनीति दलका प्रतिनिधि ,लक्ष्मढघाट सा.वनका अध्यक्ष हुमनाथ भट्टराई ,हेफर इन्टरनेशनल कार्यक्रम ब्यवस्थापक अनन्त शिलवाल ,५नं.वडाका वडाध्यक्ष भिष्मराज भुसाल लगाएतले सहकारी समुदायको गहना भएको बतउदै संस्थाकाे प्रगतिकाे कामना सहित नव निर्वाचित कार्य समितिलाई सफलताकाे शुभकामना दिएका थिए यसै बिच संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २७जना सदस्यहरू मिलेर २०७१साल चैत २गते दर्ता गरेको संस्था बाणगंङ्गा नगरपालिकामा ७३वटा समुहका १३०१जना महिला दिदीबहिनीहरू संगठित रहेको संस्थाले जनाएको छ।त्यस्तै संस्थाकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै रितु पाेख्रेलले संस्थाकाे कुल शेयर पुँजी ३६लाख ५७हजार ,बचत १कराेड ८६लाख ४७हजार ९सय २४रूपिया रहेकोमा २०७८साल अषाढ मसान्तसम्म संस्थाकाे कुल पुँजी २कराेड ९७लाख ९४हजार ७सय ७२रूपिया रहेको बताउदै एकका लागि सबै र सबैका लागि एक भन्ने मुल नारा अंगालेकाे सहकारीमा आ.ब.०७७/०७८काे बार्षिक नीति तथा कार्यक्रम अनुसार बजेट बिनियाेजन गरि कार्य सम्पन्न भएको बताउदै संस्थाले विभिन्न प्रकारका ऋण सुलभ ब्याज दरमा उपलब्ध गराएको पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ। विभिन्न सामाजिक संस्थाका प्रमुख,प्रतिनिधि ,स्थानीय समाजसेवी ,वडा न.५/६का जनप्रतिनिधि संस्थाका पदाधिकारी ,शुभेच्छुक लगाएतकाे सक्रिय सहभागी रहेको कार्यक्रम जिल्ला समन्वय समितिकि उप प्रमुख तारावती चौधरी विभिन्न पार्टीका प्रतिनिधिहरूकाे उपस्थिति रहेको अधिवेशन सगिता चौधरीकाे स्वागत , ब्यवस्थापक मिना आलेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया