

बेपत्ता पौडेलको खोजी कार्यमा तालिम प्राप्त कुकुर परिचालन



कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट शुक्रबारदेखि बेपत्ता भएको व्यापारी खोज्न कपिलवस्तु प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चन्द्रौटामा खाद्यान्न पसल संचालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका हुन् ।
सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजतलास सुरु गरेको थियो । पौडेल सवार मोटरसाइकल शनिबार विहान बुद्धभूमि ९ बेलनदी नजिकै र अर्को दिन विहान पौडेलको मोबाइल नदी आसपासमा फेला परेको थियो ।
लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर परिचालन गरी आज (मंगलबार) विहानदेखि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया