

दाङमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

दाङ ।
गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय लोकबहादुर वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार बेलुकी लु ४ त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घर फर्कंदै गरेका वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।
उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया