मोटरसाईकलको ठक्करबाट ११ वर्षिय बालकको मृत्यु

प्युठान।
प्युठानमा मोटरसाईकलको ठक्करबाट एक जनाको बालकको मृत्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका २ ददेरी निवासी ११ वर्षीय सुदिप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदैगरेको रा ४ प ५०४८ नम्वरको मोटरसाईलकलले शनिबार दिउँसो ददेरीमा ठक्कर दिएको थियो । जिसीलाई उपचारका लागि अस्पताल लैजादैगर्दा बाटोमै मृत्यु भएको हो । गैरेकाअनुसार मोटरसाईकल चालक अहिले फरार छन् । मोटरसाईकलको पछाडि बस्ने एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा

प्रतिक्रिया